देश

    राष्ट्रपतिद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान

    नवलपुर टुडे
    २०८३ भदौ १२ | बिहान ०६:०५ बजे
      काठमाडौं  ।

      राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।

      राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी सो जानकारी दिएको हो।

      भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा जनधनको ठूलो क्षति भएको छ।

        कमेन्टहरु