समाज

    बाढीपीडितका लागि पूर्वअध्यक्ष रेग्मीद्वारा एक महिनाको पेन्सन सहयोग

    नवलपुर टुडे
    २०८३ भदौ १२ | बिहान ०६:०५ बजे

      काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रसुवाको भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सहयोग उपलब्ध गराउन आह्वान गरेका छन् ।

      नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको पेन्सनबापतको रु ८७ हजार प्रदान गर्दै उनले दुःखको यस घडीमा प्रभावित परिवारको राहतमा सहयोग पुर्याउन सबैसँग आग्रह गरे ।

      पूर्वअध्यक्ष रेग्मीले भने, “समाजका सबै तह र तप्काका नागरिकलाई प्रभावितको खोजी र उद्धारमा सहयोग गर्न अपिल गर्दछु ।” उनले बाढी प्रभावित परिवार र क्षेत्रको पुनःनिर्माणमा हातेमालो गर्न स्वदेश र विदेशमा रहेका नेपाली तथा अन्तरराष्ट्रिय समुदायलाई अनुरोध गरेका छन्।

      बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पूर्वअध्यक्ष रेग्मीले अझै केही सम्पर्कविहीन रहेको र विदेशी पर्यटकसमेत उक्त घटनामा परेकामा आफूलाई दुःखित तुल्याएको बताए।

      उनले भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । पूर्वअध्यक्ष रेग्मीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

        कमेन्टहरु