बागमती प्रदेश, बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    रसुवा भीषण बाढीमा सम्पर्क बिहिनलाई खोजीकार्य गरिदिन हिमाली गाउँपालिकाको आग्रह

    उमेश रोकाया
    २०८३ भदौ ११ | मध्यान्ह ०३:०५ बजे

      बाजुरा, भदौ ११ । बाजुरा जिल्ला हिमाली गाउँपालिकाका नागरिक रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सम्पर्क बिहिनलाई खोजी कार्यका लागि आवश्यक पहल गरिदिनुहुन जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गरेको छ । हिजो बिहान करिब ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति हिमाली गाउँपालिका कार्यालय गहिरो दुःख व्यक्त गरेको छ ।

      यस प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको हिमाली गाउँपालिकाले जनाएको छ ।

      तल उल्लेखित विवरण अनुसार यस गाउँपालिकाको वडा नं. १–७ मा बसोबास गर्ने वा कामको सिलसिलामा त्यहाँ पुगेका नागरिकहरूको खोजी कार्यका लागि आवश्यक पहल गरिदिनुहुन तपाईंको कार्यालयसमक्ष अनुरोध गरिएको छ ।

      विवरण:
      १. बिसी पाण्डे, करिब ४७ वर्ष, हिमाली–०४, बाजुरा
      २. चन्द्र सार्की, करिब १८ वर्ष, हिमाली–०४, बाजुरा
      ३. आराम दमाई, ३४ वर्ष, हिमाली–०६, बाजुरा
      ४. विक्रम भण्डारी, ३२ वर्ष, हिमाली–०६, बाजुरा
      ५. मोहनलाल रोकाया, ३२ वर्ष, हिमाली–०६, बाजुरा
      ६. विष्णुमती रोकाया, करिब ५० वर्ष, हिमाली–०६, बाजुरा
      ७. दीपक रोकाया, १९ वर्ष, हिमाली–०६, बाजुरा
      ८. दीपक सार्की (नेपाली सेना), हिमाली–०६, बाजुरा

        कमेन्टहरु