समाज

    ज्यान बचाउन तीन किलोमिटरसम्म ब्याक गरियो गाडी

    एजेन्सी
    २०८३ भदौ ११ | मध्यान्ह ०२:०५ बजे

      काठमाडौँ । केरुङ नाका नजिकै गएको भयानक पहिरो र बाढीको प्रत्यक्षदर्शी एक चिनियाँ महिलाले ज्यान बचाउन तीन किलोमिटरसम्म गाडी ब्याक (रिभर्स) गरेर चलाएको बताएकी छन्।

      फाङ थर भएकी ती महिलाले चिनियाँ स्थानीय सञ्चारमाध्यम स्याओसियङ डेलीसँग कुरा गर्दै बुधबार तिब्बतबाट नेपालतर्फ गाडीमा आउँदै गर्दा नाकाभन्दा करिब चार किलोमिटर अगाडि रूख र बिजुलीका पोलहरू ढलिरहेको देखेको जानकारी दिएकी हुन्।

      ‘हामीले तीन किलोमिटरसम्म गाडी ब्याक गरेर पछाडि हत्केपछि मात्रै पानीको तीव्र गति अलि घटेको थियो’, फाङले भनेकी छन्।

      सुरक्षित स्थानमा गाडी पार्क गरेपछि पनि बाक्लो हुस्सुका कारण केही स्पष्ट नदेखिएकाले गाडीबाट ओर्लेर अन्य मानिसहरूसँग छलफल गर्दै आफन्तलाई सम्पर्क गरेको उनले बताएकी छन्। विपद्बाट प्रभावित नभएको केरुङ बजार फर्किएकी फाङले बुधबार साँझ ५ बजेसम्म नाका क्षेत्रमा रहेका आफ्ना साथीहरूसँग सम्पर्क हुन नसकेको जनाएकी छन्।

        कमेन्टहरु