मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रासस
२०८३ भदौ ८ | मध्यान्ह ०६:०५ बजे

महेन्द्रनगर । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो ।
से ३ प ५२७४ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते महराको महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।
थापाले भने, “मोटरसाइकल चालक छोरा र मृतक महरा बाबु/छोरा हुन् ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।





