इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धकाे आलोचना


तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिवन्दको अभियानको आलोचना गर्दै वाशिङ्गटनले अन्य देशहरूलाई अमेरिकी प्रतिबन्धहरूको पालना गर्न बाध्य पार्न खोजिरहेको बताएका छन् ।
तेहरानसँग आर्थिक कारोबार गर्ने देशहरू, कम्पनीहरू र वित्तीय संस्थाहरूका लागि यसको परिणामहरू खतराजन्य रहेको भन्दै संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध अहिलेसम्मको सबैभन्दा कडा आर्थिक कारबाही सुरु गर्ने योजना बनाएको ट्रम्पले बताएका छन् । उनले यस अभियानलाई उच्च स्तरको आर्थिक युद्ध भनेर वर्णन गरेका छन् ।
यसैगरी इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले शुक्रबार वासिङ्टनले कूटनीतिको मर्म विपरितको प्रयास गरेको बताएका छन् ।
संयुक्त राज्य अमेरिका र इरानबिच अन्तिम सम्झौताको लागि वार्ता गर्न तोकिएको ६० दिनको समयसिमा सोमबार कुनै सम्झौता बिना समाप्त भएपछि पछिल्लो तनाव आएको हो । दुवै पक्षले गत जून महिनामा शत्रुता अन्त्य गर्ने र वार्ताको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले अन्तरिम ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए ।





