यातायात

    पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन

    रासस
    २०८३ भदौ ६ | मध्यान्ह ०२:०५ बजे

      मुस्ताङ । शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी-जोमसोमअन्तर्गत म्याग्दी-सिरुवारी खण्ड र सुकेबगर सडक सञ्चालनमा आएको छ । वर्षासँगै लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएपछि कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला आयोजना कार्यलयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो ।

      आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध बेनी-जोमसोम सडक आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आइसकेको जानकारी दिए । विभिन्न सञ्चारमाध्यममा अझै पनि उक्त सडक अवरुद्ध भन्ने समाचार आइरहेकाले भ्रामक सामग्रीको विश्वास गर्न यात्रुहरूलाई आग्रह गरे ।

      करिब दुई घण्टा अघि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जनाउँदै शर्माले अहिले आवागमनमा कुनै समस्या नभएको बताए ।

        कमेन्टहरु