प्रधानमन्त्री बालेन मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने

रासस
२०८३ भदौ ६ | मध्यान्ह ०१:०५ बजे

पोखरा । परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार (भदौ ५) पोखरा आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार मुस्ताङतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री बालेन स्थलमार्गबाट मुस्ताङ प्रस्थान गरेका कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए । प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उनले बताए ।
मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।





