समाचार

    अनुदानको मल वीरगन्ज पठाएको आरोपमा तीनजना पक्राउ

    रासस
    २०८३ भदौ ६ | बिहान ०८:०५ बजे

      बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगन्ज पठाएर कालोबजारी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

      जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगन्ज पठाएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

      किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको छिपहरमाई गाउँपालिका–६ दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्यलाई पक्राउ गरिएको हो ।

      उनीहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको छ ।

        कमेन्टहरु