जापानको शिजुओकामा जहाजमा आगलागी : एक जनाको मृत्यु, ९ जना अस्पताल भर्ना

रासस
२०८३ भदौ ५ | मध्यान्ह ०४:०५ बजे

काठमाडाैँ। मध्य जापानको सिजुओका प्रान्तमा शुक्रबार बिहान निर्माणाधीन जहाजमा आगलागी भएपछि एक जनाको मृत्यु हुनुका साथै कम्तीमा ९ जनालाई अस्पतालमा भर्ना गरिएको स्थानीय मिडियाले जनाएका छन्।
सरकारी मिडिया एनएचकेका अनुसार कामदारहरूले मुरेड जहाजमा अपरेसन गरिरहेको अवस्थामा आगलागी भएको हो सिजुओका सहरको जहाज निर्माण कम्पनीका एक कर्मचारीले आपतकालीन सेवाहरूलाई टेलिफोनमार्फत घटनाको जानकारी गराएको जनाइएको छ।
अधिकारीहरूले घटनाको वरपरको परिस्थिति र आगलागीका कारणबारे अनुसन्धान सुरु गरिसकेको जनाएका छन्।





