देश

    प्रधानमन्त्री बालेन अस्तामस्थित इको भिलेजमा बस्ने

    नवलपुर टुडे
    २०८३ भदौ ५ | मध्यान्ह ०२:०५ बजे

      काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रवार (भदौ ५) पोखरा भ्रमणमा छन् ।भ्रमणका क्रममा उनी माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, अस्तामस्थित ‘इको भिलेज’ रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।

      पोखराबाट करिब साढे ४ किलोमिटरको दूरीमा अवस्थित उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृखलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।

      प्रधानमन्त्री बालेनको यस भ्रमणको औपचारिक उद्देश्य र प्रयोजनबारे प्रधानमन्त्रीको कार्यालयले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन । न्युज एजेन्सी नेपाल

        कमेन्टहरु