अपराध

    जनता टेलिभिजनका अध्यक्ष पौडेल पक्राउ

    नवलपुर टुडे
    २०८३ भदौ ४ | मध्यान्ह ०४:०५ बजे

      काठमाडौँ । प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ गरेको छ। पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो।

      पौडेलबिरुद्ध दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । पौडेल नेकपाका नेता हुन्। उनी कम्युनिष्ट नेता मोदनाथ प्रश्रितका छोरा हुन्।
      जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।

        कमेन्टहरु