अर्थ, इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, धर्म–संस्कृति/रीतिथिति, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, लुम्बिनी प्रदेश, समाचार, समाज, साहित्य

    बागलुङमा स्मृती चौतारी कार्यक्रम

    याम बहादुर थापा मगर
    २०८३ भदौ ३ | मध्यान्ह ०७:०५ बजे

      याम बहादुर थापा मगर
      बागलुङ
      भाद्र २, २०८३

      स्मृती प्रकाशन बागलुङको आयेोजनामा धौलागिरी एफ.एम.रेडियोमा मासिक स्मृती चौतारी कार्यक्रममा साहित्यीक सर्जकहरुको रचना वाचन कार्यक्रम प्रत्यक्ष प्रशारण मार्फत गरी सम्पन्न भएको छ । सो कार्यक्रममा धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका सस्थापक अध्यक्ष काजी रोशनले संचालन गर्नुभएको थियो । स्मृति प्रकाशन बागलुङका संस्थापक सदस्य याम बहादुर थापा मगरको विशेष उपस्थितिमा रचना बाचन कार्यक्रम सम्पन्न भएको थियो ।
      धौलागिरी एफ.एम.बागलुङबाट प्रत्यक्ष प्रशारण भएको कार्यक्रमको संयोजन र संचालन काजी रोशन, रचनाबाचन कोपिला कँडेल, ख्याम राज सुवेदी, रामचन्द्र शर्मा उन्मुक्त, याम बहादुर थापा मगर, तारा प्रसाद शर्मा स्टार,गुणराज पौडेलले गर्नुभएको थियो । कार्यक्रम संचालक काजी रोशनले स्मृति प्रकाशन बागलुङका सस्थापक सदस्य याम बहादुर थापा मगरसँग विगतमा भएका स्मृति प्रकाशन स्थापनाका सन्र्दभहरु, साहित्यीक गतिविधिहरु,लेखनकलाका बारेमा भलाकुसारी भएको थियो । स्मृति चौतारी कार्यक्रम हरेक महिनाको अन्तिम शनिवार हुँदै आएको छ । युवा युवतीहरुमा साहित्यीक गतिविधिहरु प्रति अभिरुचि बढाउनको लागि चौतारी जस्ता कार्यक्रमहरुले टेवा पुरयाउने गर्दछ । वर्तमान समयमा सुचना र प्रविधिहरुको विकासले युवा पुस्ताहरुमा साहित्यीक रुचिमा कमी आएको हो कि भन्ने आभास मिलेको छ । विशिष्थ अतिथिका रुपमा रहेका याम बहादुर थापा मगर शब्दाङकुर मासिक पत्रिकाका आजिवन सदस्य, कविता संसार अनलाइनका विशिष्ठ सहयोगी, नेपाल मगर लेखक संघ केन्द्रिय समितिको सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सल्लाहकार पदमा प्रतिनिधीत्व गर्नुहुन्छ । साथै ढोरपाटन दैनिक, धौलागिरी जागरण दैनिक र नवलपुर टुडे अनलाइनको स्तम्भकार समेत हुनुुहुन्छ ।

        कमेन्टहरु