देश

    भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको चारदिने नेपाल भ्रमण सम्पन्न

    नवलपुर टुडे
    २०८३ भदौ ३ | मध्यान्ह ०६:०५ बजे

      काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको चारदिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ। प्रधानसेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठ आज स्वदेश फर्किएका हुन्।

      भारतीय स्थल सेनाध्यक्ष सेठ पत्नी कोमल सेठसहित नेपाल आएका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र उनकी धर्मपत्नीले बिदाइ गरेका थिए।

      sen1 768x464 1

      भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्नबाट सुशोभित गरेका थिए। यस अवसरमा जनरल सेठले राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री तथा रक्षामन्त्री र प्रधानसेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

      नेपाली सेनाका अनुसार जनरल सेठको भ्रमणले नेपाल र भारतबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुदृढ एवं प्रगाढ बनाउन सहयोग पुगेको छ। दुई देशका सेनाबीच लामो समयदेखि रहँदै आएको परम्परागत सम्बन्धलाई निरन्तरता दिने क्रममा उनको नेपाल भ्रमणलाई महत्वपूर्ण मानिएको छ।

        कमेन्टहरु