समाचार, सूचना / प्रबिधि

    प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यको शपथ

    नवलपुर टुडे
    २०८३ भदौ ३ | मध्यान्ह ०५:०५ बजे

      काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले बुधबार कार्यभार सुरु गरेका छन्। सञ्चारग्रामस्थित काउन्सिलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गरे।

      अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाइएको बताउँदै अब आफूहरूले केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्ने बताए। काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारका बारेमा संक्षिप्त जानकारी गराएका थिए।

        कमेन्टहरु