देश

    देवचुलीबाट डेढ लाख नगदसहित पाँच जना जुवाडे पक्राउ

    जगत ठाडा मगर
    २०७८ भदौ २२ | बिहान ०८:०५ बजे

      नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका – १७ बाट प्रहरीले तास खेलिरहेको अवस्थामा पाँच जनालाई १ लाख ५० हजार ८ सय ५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ ।

      पक्राउ पर्नेमा देवचुली–१७ निवासी ३६ वर्षीय कमल महत्तो, देवचुली–१६ निवासी ३५ वर्षीय सन्तोष सिग्देल, ४९ वर्षीय गोबिन्द थनेत, ५८ वर्षीय हिरा महत्तो र ४३ वर्षीय मणिराम महत्तो रहेका छन् ।

      उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको नवलपुर प्रहरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

        कमेन्टहरु