खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

नवलपुर टुडे
२०८३ भदौ ३ | मध्यान्ह १२:०५ बजे

मकवानपुर । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ ।
निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई सो खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेलापरेकी थिइन् । २ जना भने बेपत्ता रहेका थिए । बेपत्ता भएकाहरूको आज बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।





