रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री


काठमाडौँ । शाओमीले नेपाली बजारमा आफ्नो नयाँ ‘रेडमी १७ सिरिज’ अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी स्मार्टफोन सार्वजनिक गरेको छ।
लामो समयसम्म टिक्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेटसहितको सहज डिस्प्ले र दैनिक प्रयोगका लागि भरपर्दो मजबूतीलाई प्राथमिकता दिइएको यो सिरिज प्रयोगकर्ताले पटक–पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले ल्याइएको हो।
यस सिरिजको मुख्य विशेषता यसमा रहेको ७,५०० एमएएचको विशाल ब्याट्री हो, जुन आफ्नो सेग्मेन्टकै ठूलो क्षमतामध्ये एक मानिन्छ।
यसले गर्दा भिडियो स्ट्रिमिङ, गेमिङ वा व्यस्त दिनभर फोन प्रयोग गर्दा पनि लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ। ब्याट्री सकिन लाग्दा यसमा रहेको ४५ वाट टर्बो चार्जिङले छिटो चार्ज गर्न मद्दत गर्छ।
यसका साथै, फोनमा २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि छ, जसको मद्दतले फोनलाई पावर बैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाच वा अर्को फोनसमेत चार्ज गर्न सकिन्छ।
दुवै स्मार्टफोनमा ६.९ इन्चको एचडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट दिइएको छ, जसले स्क्रोलीङ, गेमिङ र भिडियो हेर्दा स्मूथ अनुभव प्रदान गर्छ। पर्फमेन्सतर्फ, रेडमी १७ मा मिडियाटेक हेलियो जी९१–अल्ट्रा प्रोसेसर रहेको छ भने रेडमी १७ ५जीमा द्रुत कनेक्टिभिटीका लागि स्न्यापड्रागन ४ जेन ५ प्लेटफर्म प्रयोग गरिएको छ। दुवै फोन शाओमी हाइपरओएस ३ मा चल्छन् र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म र्याम सपोर्ट गर्छन्।
क्यामेरा र अन्य फिचर्सतर्फ, दुवै फोनमा ५० मेगापिक्सल एआई डुअल क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। साथै डुअल-भ्यु भिडियो रेकर्डिङ, ३०० प्रतिशत भोल्युम बुस्ट सपोर्ट गर्ने डुअल स्टेम स्टेरियो स्पिकर, ३.५ एमएम हेडफोन ज्याक, एनएफसी तथा आईपी६४ डस्ट र वाटर रेसिस्टेन्स जस्ता उपयोगी सुविधाहरू समावेश गरिएका छन्।
करिब २३२ ग्राम तौल भएका यी फोनहरू घाम र पानी दुवै अवस्थामा दैनिक प्रयोगका लागि सहज हुने गरी डिजाइन गरिएका छन्।
मूल्य तथा उपलब्धता
- रेडमी १७: यो फोन कालो, डीप ब्लु, ओक ग्रिन र लोटस पर्पल गरी चार रङमा उपलब्ध हुनेछ।
- ४ जीबी + १२८ जीबी: रु. २७,९९९
- ६ जीबी + १२८ जीबी: रु. ३३,९९९
- रेडमी १७ ५जी: यो फोन कालो, डीप ब्लु र भिभिड अरेन्ज गरी तीन रङमा उपलब्ध हुनेछ।
- ४ जीबी + १२८ जीबी: रु. ३३,९९९
- ४ जीबी + २५६ जीबी: रु. ३७,९९९
- ६ जीबी + २५६ जीबी: रु. ४१,९९९





