सुदुरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशका सांसद् प्रकाशबहादुर देउवा पदमुक्त

    नवलपुर टुडे
    २०८३ भदौ २ | मध्यान्ह ०८:०५ बजे

      धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सांसद् प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले देउवालाई मंगलबार पदमुक्त गर्ने निर्णय गरेका हुन्।

      प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले देउवालाई पदमुक्त गर्ने निर्णय गरिएको जानकारी दिए। प्रदेशसभा सदस्य देउवा ११ महिनादेखि अमेरिकामा छन्।

      कुनै जानकारीबिनै सभामा लामो समयदेखि अनुपस्थित भएका कारण सभामुख भण्डारीले देउवालाई संविधानको धारा १८० को(घ) अनुसार पदमुक्त गरेका हुन्।

      उनी अहिलेसम्म लगातार २७ बैठकमा अनुपस्थित छन्।

        कमेन्टहरु