शिक्षा, समाचार

    जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास

    धर्मेन्द्र कुमार कुर्मी
    २०८३ भदौ २ | मध्यान्ह ०६:०५ बजे

      विजयनगर । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-४ शंकरपुर-देउपुरामा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष तिलकराम कँडेल र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

      पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताको पहलमा विनियोजित बजेटबाट विद्यालय भवन निर्माण हुन लागेको हो । करिब १ करोड रुपैयाँको लागतमा निर्माण हुने भवनको ठेक्का ब्रेभ कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

      भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । उनले नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययनका लागि थप सहज र सुरक्षित वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।

      773290689 27864573639836102 4851292641125657064 n

      यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालयको आवश्यकता र विद्यार्थीको चापलाई ध्यानमा राखेर निर्माण हुन लागेको भवनले शिक्षण सिकाइमा सकारात्मक प्रभाव पार्ने बताइन् । उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरिन् ।

      प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले भवन निर्माणका क्रममा तोकिएको मापदण्ड र गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयको पूर्वाधार विकासले शिक्षाको गुणस्तर सुधारमा समेत सहयोग पुग्ने बताए ।

      वडा अध्यक्ष तिलकराम कँडेलले नयाँ भवनले विद्यालयको शैक्षिक वातावरण सुधार गर्दै विद्यार्थीलाई पठनपाठनमा थप सहजता प्रदान गर्ने बताउँदै विद्यालयको समग्र विकासका लागि वडा तहबाट आवश्यक सहयोग गरिरहने प्रतिबद्धता जनाए ।

      प्रधानाध्यापक पम्फा कुमारी पाण्डेले नयाँ भवन निर्माणले विद्यालयको लामो समयदेखिको कक्षाकोठा अभावको समस्या समाधान गर्न सहयोग पुग्ने बताए । उनले भवन निर्माणका लागि पहल तथा बजेट व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति धन्यवाद गर्दै नयाँ भवन बनेपछि विद्यार्थीलाई थप व्यवस्थित र सहज वातावरणमा पठनपाठन गराउन सकिने उनको भनाई छ ।

      कार्यक्रममा वडा अध्यक्ष तिलकराम कँडेल, कार्यपालिका सदस्य टंक बहादुर विश्वकर्मा, मिना सुनार, शिक्षा शाखा प्रमुख शिव कुमार चाैधरी, विद्यालय व्यवस्थापन समितिकाका अध्यक्ष राज कुमार चाई पदाधिकारी, पुर्व अध्यक्ष खिम खत्री, अभिभावक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

      776200081 1596831621917660 4138945189627709183 n

        कमेन्टहरु