कोशी प्रदेश, घटना

    ताप्लेजुङमा बिरालोले बोकेर ल्याएको सर्पले डसेर किशोरीको मृत्यु

    नवलपुर टुडे
    २०८३ भदौ २ | बिहान ०९:०५ बजे

      ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाकी एक किशाेरीको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा जनता मावि हाङदेवामा कक्षा १२ मा अध्ययरत युना मादेन रहेकी छिन्।

      उनी पोष्ट मादेन र सीता इजम मादेनकी छोरी हुन्। उनलाई घरमै सोमवार सर्पले डसेको र मंगलवार बिहान मृत्यु भएको जानकारी आफुले पाएको फुङलिङ नगरपालिका- ९ हाङदेवाका लक्षुमन गुरुङले बताए।

      गुरुङका अनुुसार युनाको घरमा बिरालोले सर्प बोकेर लिएर आएको थियो । बिरालोले सर्प बोकेको देखेपछि युनाले आत्तिदै बिरालोबाट सर्प छुटाउने कोशिस गर्दा सर्पले युनालाई डसेको हुनसक्ने अनुमान गरिएको छ ।

        कमेन्टहरु