बाढी/पहिरो

    आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम

    नवलपुर टुडे
    २०८३ भदौ २ | बिहान ०९:०५ बजे

      काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

      ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक,  रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, जुम्ला, सुर्खेत, दैलेख, दाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

      यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाकाली, कर्णाली, नारायणीलगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

      b1-1787021959.jpg

        कमेन्टहरु