दुर्घटना

    मकवानपुरमा उच्च अदालत जनकपुरका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, ६ जना घाइते

    नवलपुर टुडे
    २०८३ भदौ २ | बिहान ०८:०५ बजे

      मकवानपुर । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना भएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका–६ मकवानपुरको जुराखेतमा दुर्घटना भएको हो ।

      मकवानपुरको जुराखेतमा आज बिहान भएको दुर्घटनामा परेर मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्टले जानकारी दिए ।

      घाइतेहरूलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको छ । गाडीमा मुख्य न्यायाधीश र उनका पारिवारिक सदस्यहरू रहेको बताइएको छ ।

        कमेन्टहरु