घटना, बिश्व

    बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौड, सातको मृत्यु, ६ जना घाइते

    नवलपुर टुडे
    २०८३ भदौ १ | बिहान १०:०५ बजे

      काठमाडौं । भारतको बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । लखिसरायका सब–डिभिजनल प्रहरी अफिसर शिवम कुमारले बीबीसीसँग सोमबार बिहान मन्दिरमा भागदौडको घटना भएको जानकारी दिएका छन् ।

      शिवम कुमारका अनुसार घटनामा हालसम्म सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको छ । समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एक प्रत्यक्षदर्शी महिलाले भीडकै कारण घटना भएको बताइन् ।

      उनले महिलाहरू लाइनमा उभिएका र त्यत्तिकैमा करिब १०–१२ जना महिला जबर्जस्ती लाइनमा छिरेर धक्का दिन थालेपछि करिब २०–२५ जना महिलाहरू एक–अर्कामाथि लड्न पुगेको बताइन् ।

        कमेन्टहरु