देश

    स्याङ्जामा गोरु काटेको आरोपमा ३ जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ भदौ २१ | बिहान १०:०५ बजे

      स्याङ्जा । स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ छन् । उनिहरुलाई सुराकीको आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

      उनिहरुलाई गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

        कमेन्टहरु