दुर्घटना

    भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

    एजेन्सी
    २०८३ साउन २७ | मध्यान्ह ०२:०४ बजे

      तेलङ्गाना । भारतमा भएका दुई वटा छुट्टा–छुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको स्थानीय अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।

      भारतको दक्षिणी राज्य तेलङ्गानामा मालबहाक गाडीले तिन पाङ्ग्रे सवारीमा ठक्कर दिँदा पाँच जना महिलासहित ६ जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

      यसैबिच, भारतको मध्य प्रदेशमा भरिएको नालाले यात्रु बहाक गाडी बगाउँदा एउटै परिवारका ६ जनासहित ९ जनाको मृत्यु भएको जनाइएको छ । एक जना स्थानीय अधिकारीले यस क्षेत्रमा भारी वर्षा भएको कारण नाला भरिएको जनाएका छन् । गाडीमा रहेका ११ जना मध्ये दुई जना पौडी खेलेर सुरक्षित स्थानमा पुग्न सफल भएको समेत उनले बताएका छन् ।

        कमेन्टहरु