विजयनगर–६ मा अन्तरपुस्ता कार्यक्रम सम्पन्न

नन्द किशोर कुर्मी (लालु)
२०८३ साउन २५ | मध्यान्ह ०४:०४ बजे

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–६ मा आज अन्तरपुस्ता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न पुस्ताका सहभागीबीच लैङ्गिक समानता, सामाजिक रूपान्तरण तथा पुस्ताबीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य लैङ्गिक रूपान्तरण तथा समाजमा समानता र सकारात्मक सोचको विकास गर्दै पुस्ताबीच अनुभव र ज्ञान आदान–प्रदानलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा हाम्रो साहस, UN Women, FEDO, UK International Development तथा नव जीवन संस्था, तौलिहवाको सहयोग रहेको थियो। सहभागीहरूले लैङ्गिक विभेद अन्त्य गर्दै समान र समावेशी समाज निर्माणका लागि सबै पुस्ताको भूमिका महत्वपूर्ण रहेको परेणा विस्टा बताउनु भएको छ।





