देश

    चुलाचुली ईलाममा दिनप्रती दिन मंगोलहरु सगठित हुँदै

    जगत ठाडा मगर
    २०७८ भदौ २१ | बिहान ०९:०५ बजे

      इलाम । ईलामको चुलाचुलीमा मंगोलहरु संगठित हुँदै आएको छ । आइतबार संगठनले वडा सभा गठन पश्चात् पहिलो पटक ५ नम्बर वडा अध्यक्ष उजिर राईको अध्यक्षतामा संगठनको आन्तरिक छलफल पछि वडामा सदस्य बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
      photo 2021 09 06 08 57 38

      उक्त छलफलमा आगामी दिनहरुमा संगठनलाई कसरी मजबुद बनाउदै लाने भन्ने बिषयमा छलफल भए सङ्गै वार्ड सभा कार्यलय निर्माण, मासिक लेबी, इत्यादी बिषयमा छल भएको सह सचिब कौसिला राईले जानकारी दिनुभएको छ ।

      भेलामा नयाँ दश जनाले मुलघर चिनेर एमएनओ – डा.गोपाल गुरुङ संगठनको सदस्यता लिएको छ । जसमा देबि बि:क, रन्जना रसाईली, सुमिला राई, टिकाराम चाम्लिङ, दिल राई, सुप्रिया तुम्रोक नेम्बाङ्ग, बिना सम्बाहान्फे, तुल माया तिलिङमा, हेम बहादुर नेम्बाङ्ग र देब नन्द राई रहेको छ ।
      photo 2021 09 06 08 57 33

      भेलामा चुलाचुली मुल सभा वडाअध्यक्ष विशाल साम्बा, सचिब, श्याम राई, वार्ड,५ सभा अध्यक्ष, उजित कुमार राई, सचिब, सन्दिप लिम्बु,कोष अध्यक्ष, चन्द्र साम्पाङ राई, उप सचिब, कौसिला राई चेली सङ्गै अन्य धेरै सदस्यहरुको उपस्थिति रहेको थियो ।

      यस भेलामा उपस्थित सम्पुर्ण मंगोल प्रेमी आमा बुवा दाजुभाइ तथा दिदिबहिनीहरुमा चुलाचुली मुल सभा तथा वार्ड ५ न: सभा, वार्ड ४ नम्बर सभाको, तर्फबाट सम्मान ब्यक्त गर्दै हार्दिक धन्यवाद टक्र्याउन चाहान्छौ ।
      photo 2021 09 06 08 57 32
      photo 2021 09 06 08 57 36
      photo 2021 09 06 08 57 34
      photo 2021 09 06 08 57 39

        कमेन्टहरु