झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

नवलपुर टुडे
२०८३ साउन २४ | बिहान ०६:०४ बजे

झापा । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको छ ।
कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा ६ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते भएका थिए । मृतकका परिवारलाई जनही १० लाखका दरले ६० लाख र सख्त घाइतेलाई २६ लाख ६० हजार ८६२ राहत दिइएको कार्यालय प्रमुख नथुनी गोइवार यादवले जानकारी दिए ।
त्यस्तै, १५ पशुधनमा क्षति पुगेबापत एक लाख ५० हजार, १९१ वटा भण्डारण गरेको अन्नको क्षति भएबापत १५ लाख २० हजार २६४, २६८ घरगोठमा क्षति भएबापत ४२ लाख ५४ हजार ५६० र अन्नबालीको क्षति भएबापत ५४ लाख पाँच हजार क्षतिपूर्ति वितरण गरिएको कार्यालयले जनाएको छ ।





