समाचार

    सुनसरीमा चार क्विन्टल गाँजासहित चारजना पक्राउ

    रासस
    २०८३ साउन २३ | मध्यान्ह ०३:०४ बजे

      सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१, बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चारजना पक्राउ परेका छन् ।

      बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

      कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र त्यसमा सवार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई तथा मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र त्यसमा सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको हो ।

      उनीहरूलाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

        कमेन्टहरु