देश

    प्रदेश २ मा जसपाका थप तीन सांसदले रोजे लोसपा

    जगत ठाडा मगर
    २०७८ भदौ २० | मध्यान्ह ०५:०५ बजे

      जनकपुरधाम, २० भदौ । प्रदेश २ मा थप तीन सांसदले जनता समाजवादी पार्टीबाट छुट्टीएर लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

      आइतबार लोसपा रोज्ने सांसदहरु अभिराम शर्मा, रानी कुमारी तिवारी र उपेन्द्र महतो रहेका छन् । तीनैजना सांसदले जनकपुर निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोसपामा सनाखत गरेको लोसपा सांसद परमेश्वर साहले बताए ।

      यी तीनै जना सांसदले सनाखत गरेसँगै प्रदेश २ मा लोसपामा सांसदको संख्या १५ पुगेको छ । यसअघि १२ जनाले सनाखत गरि सकेका थिए । परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी, डिम्पल झा, प्रहलाद गिरी गोस्वामी र गौरीनारायण साहले सनाखत गरेका थिए ।

      सनाखत गर्ने गोस्वामी पूर्व मधेशी जनअधिकार फोरमबाट र बाँकी सबै पूर्व राजपाबाट निर्वाचित भएका सांसद रहेका छन् ।

        कमेन्टहरु