देश

    नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता

    जगत ठाडा मगर
    २०७८ भदौ २० | मध्यान्ह ०४:०५ बजे

      नवलपरासी । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

      रुपन्देहीको देवदह नगरपालिका वडा नं: २४ का बिक्रम खत्री नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

      मध्यान्न १२ वजे पुलको मध्य भागबाट हाम फालेर बेपत्ता भएका खत्रीको हालसम्म अवस्था पत्ता लगाउन सकिएको छैन । प्रहरीले घटना सम्वन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरिरहेको जनाएको छ ।

      घटना कसरी भयो किन भयो भन्ने बारेमा केहि जानकारी हुन सकेको छैन ।

        कमेन्टहरु