आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदहरूको जोड

नवलपुर टुडे
२०८३ साउन १८ | मध्यान्ह ०४:०४ बजे

काठमाडौँ। राष्ट्रियसभाको साेमबारको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचविखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गरेका हुन्।
सांसद राजेन्द्रलक्ष्मी गैरेले मानव बेचविखनका नयाँ स्वरूप देखिन थालेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको बताए। बेरोजगारीका कारण रोजगारीको खोजीमा विदेश जाने क्रममा महिला, पुरुष तथा बालबालिका हराउने र मानव तस्करीको जोखिममा पर्ने घटना बढिरहेको उल्लेख गर्दै उनले यसको रोकथाममा विशेष ध्यान दिन आग्रह गरे।
उनले लामो समयदेखि समाधान हुन नसकेको सुकुमवासी समस्यालाई पनि प्राथमिकताका साथ समाधान गर्न सरकारसँग माग गरे।





