देश

    राष्ट्रियसभाको बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८३ साउन १८ | बिहान ०६:०४ बजे

      काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

      आज  दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

      बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

        कमेन्टहरु