देश

    भारतबाट भन्सार छलि ल्याएको औषधि सिरहामा बरामद

    जगत ठाडा मगर
    २०७८ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

      सिरहा । भन्सार छलेर ल्याइएको ७५ लाख ५६ हजार ८०० बराबरको औषधि सिरहा प्रहरीले आज बरामद गरेको छ ।

      भारतबाट नेपाल आउँदै गरेको लु १ स ८००७ नम्बरको गाडी जाँच गर्ने क्रममा भन्सार छलीका औषधिहरू फेला परेको प्रहरीले जनाएको छ ।

      इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीलाई देखेपछि चालक भागेका थिए । बरामद सामानहरू थप अनुसन्धानका लागि भन्सार कार्यालय ठाडी सिरहामा पठाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु