समाचार

    दाङमा ढिस्कोले पुरिएर बालकको मत्यु

    नवलपुर टुडे
    २०८३ साउन १० | बिहान ११:०४ बजे

      दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ ।

      राजपुर गाउँपालिका—२, पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर खत्रीले जानकारी दिए ।

      बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार (साउन ९) माटो लिन गएका उनी ढिस्कोले पुरिएका थिए । उद्धार गरी अस्पताल पुर्‍याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

        कमेन्टहरु