तस्कर

    नवलपुर प्रहरीद्वारा अबैध सालिग्राम नियन्त्रणमा

    नवलपुर टुडे
    २०८३ साउन ८ | मध्यान्ह ०४:०४ बजे

      कावासोती, साइन ८ । नवलपुरमा अबैधरुपमा ल्याईएको सालिग्राम नियन्त्रणमा लिईएको छ । पुर्व पश्चिम राजमार्गमा भन्सार छली चोरी निकासी गरी अबैध रुपमा सालिग्राम ओसार पोसार भैरहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सालिग्राम बरामद गरिएको हो ।

      बरामद सालिग्राम सानू सालिग्राम १ हजार तीस थान, मध्यम सालिग्राम १ हजार एक थान र ठूलो सालिग्राम २ सय ६५ थान रहेको छ । जसको बजार मूल्य तीन लाख छ हजार एक सय पचास पर्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका निमित्त सुचना अधिकारी एवम प्रहरी निरीक्षक मोहन कुमार खड्काले जानकारी दिएको छ ।

      WhatsApp Image 2026 07 24 at 16.11.37 1

      बरामद सालिग्राम आवश्यक कारबाहीका लागि त्रिवेणी भन्सार कार्यालय पठाएको खड्काले बताए ।

      WhatsApp Image 2026 07 24 at 16.11.36

        कमेन्टहरु