देश

    संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक बस्दै

    नवलपुर टुडे
    २०८३ साउन ८ | बिहान ०७:०४ बजे

      काठमाडौं । संघीय संसद्अन्तर्गतका तीनवटा समितिको बैठक बस्दै छ । शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

      विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सो समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

      विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ ।

      संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । समितिको बैठक अपराह्न २ः३० मा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

        कमेन्टहरु