पाल्पाको छहरागैरामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुर टुडे
२०८३ साउन ७ | बिहान १०:०४ बजे

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार राति तिनाउ गाउँपालिका–३, छहरागैरामा टिपर दुर्घटना भएको हो । दुर्घटनामा तिनाउ–३, सिसुवाका ३५ वर्षीय चालक हेमबहादुर लम्तरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ जाँदै गरेको लु२ख १७१९ नम्बरको खाली टिपर सडकबाट करिब १२० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा चालक लम्तरी गम्भीर घाइते भएका थिए ।
प्रहरीले उनलाई उद्धार गरी उपचारका निम्ति बुटवल ल्याएको थियो । बुटवलस्थित मर्सी सिटी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।





