दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ

रासस
२०८३ साउन ४ | मध्यान्ह ०५:०४ बजे

झापा । दमक नगरपालिका–१ हवल्दार चोकस्थित टपरी होटलबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलामको चुलाचुली गाउँपालिका–४ पूर्णकुमार राईलाई होटलभित्र लागुऔषध खैरो हेरोइनको कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।
उनका अनुसार बरामद गरिएको पदार्थको तौल प्लास्टिकबाहेक २२ ग्राम १५० मिलिग्राम रहेको छ। प्रहरीले उक्त परिणामको लागुऔषधसहित मे १० प ३९७० नम्बरको मोटरसाइकल तथा अन्य सामग्रीसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका राईमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीे जनाएको छ।





