देश

    हास्य कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण

    जगत ठाडा मगर
    २०७७ कार्तिक ११ | बिहान ११:०७ बजे

      हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

      हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहिबारदेखि नै आइसोलेशनमा बसेको उहाँले बताउनुभयो ।

      बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उहाँको भनाई छ ।

      उहाँले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताउनुभएको छ ।

        कमेन्टहरु