समाचार

    कञ्चनपुरको बागफाँटाबाट च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता

    नवलपुर टुडे
    २०८३ साउन ४ | बिहान १०:०४ बजे
      कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट च्याउ टिप्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् ।
      प्रहरीका अनुसार उनीहरू आइतबार बिहान करिब ११ बजेतिर च्याउ टिप्न जंगलतर्फ गएका थिए । लामो समयसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए । पछि सम्पर्क हुन नसकेपछि प्रहरीलाई जानकारी गराइएको हो ।
      सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु