इरानी आक्रमणको जवाफमा २० गुणा बढी आक्रमण गरिन्छः ट्रम्प

एजेन्सी
२०८३ असार २५ | मध्यान्ह ०३:०३ बजे

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालै गरिएको अमेरिकी हवाई आक्रमण अत्यन्तै प्रभावकारी रहेको दाबी गर्दै इरानले अमेरिकामाथि हरेक पटक आक्रमण गरे त्यसको २० गुणा कडा जवाफ दिइने चेतावनी दिएका छन् । एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानमाथि ठूलो क्षति पुर्याएको दाबी गरे ।
उनले थपे, ‘उनीहरूले हामीलाई जति पटक आक्रमण गर्छन्, हामी प्रत्येक पटक उनीहरूलाई २० गुणा जवाफ दिनेछौँ ।’ ट्रम्पको यो अभिव्यक्ति अमेरिकाले लगातार दोस्रो रात पनि इरानका करिब ९० सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको घोषणा गरेलगत्तै आएको हो। अमेरिकी सेनाले ती आक्रमणहरूमा इरानको स्टे«ट अफ होर्मुज आसपास रहेका सैन्य पूर्वाधारलाई लक्षित गरेको जनाएको छ ।





