जनस्तरबाट कीर्तिपुरमा हाथ्वं भैरवकाे मूर्तिकाे ल्याइयाे


कीर्तिपुर । कीर्तिपुरका आराध्यादेव धुंम्बा आजु द्यो बाघभैरव जात्रामा विशेष प्रदर्शनीमा राखिने हाथ्वं भैरवकाे मूर्ति लाइ भव्य रुपमा स्वागत गराएको छ । गुँदे दापा खलःको विशेष अग्रसरता हाथ्वं भैरवको मुर्ति बनाउने कार्य पूर्णता पाएपछि असार १३ गते शनिबार विशेष पुजाआजा पश्चात कालीगढकाहरूलाई गुँदे दापा खलःकाे अध्यक्ष अशाेक महर्जनले विशेष सम्मान गरि कीर्तिपुर ल्याइएकाे थियाे ।
धिमे, बाँसुरी, खिँ बाजा लगायतका सांस्कृतिक बाजागाजा सहित भक्तपुरको थिमी हुँदै ललितपुरको हात्तिबनबाट कीर्तिपुर प्रवेश गराइएकाे हाथ्वंभैरव अवलाेकन गर्न उल्लेख्य मात्रा भक्तजनहरुको उपस्थिति रहेको थियाे । मध्यपुर थिमीका कुशल मूर्तिकार गणेश कुमार प्रजापतिद्वारा निर्माण गरिएकाे साे मूर्ति पुर्णता ल्याउनमा धुलिखेलका मुर्ति कलाकार दिनानाथ घोलीकाे पनि महत्वपूर्ण योगदान रहेकाे थियाे ।

आज भन्दा करिब १२ बर्ष अगाडि अर्थात वि.स. २०७० साल बाघभैरवको मुर्ति जिर्णाद्वारका क्रममा ताम्रपत्र अभिलेख फेला परेको आधारमा हाथु भैरवकाे मुर्ति निर्माण कार्य शुभारम्भ गरिएकाे थियाे । बाघभैरव जात्रामा स्वर्ण शक्तिभैरव मुर्ति प्रदर्शनका साथै समयबजि र हाथ्वं भैरवकोे मुखबाट थ्वं हायेकेगु (प्रसाद) वितरण गरिने चलन रहेको जानकारी गराए । उहाँको योगदान नेपाली सांस्कृतिक सम्पदाको संरक्षणमा सधैं स्मरणीय रहनेछ।
दुईबर्षकाे अथक प्रयास पश्चात अन्ततः कलात्मक रूपमा करिब १०फिट अग्लो हाथ्वं द्यः मुर्ति कीर्तिपुर प्रवेश गराउन पाउँदा कीर्तिपुरबासी हर्षित बनेका छन् । हाथ्वं द्यः स्थापनामा पूर्णता पाए पछि प्रत्येक बर्ष भाद्र १गते सिंह संक्रान्ति का दिन बाघ भैरव जात्राकाे विशेष अवसरमा स्वर्ण शक्तिभैरव मुर्ति प्रदर्शनीका साथै समयबजि र हाथ्वं द्यः भैरवको मुखबाट थ्वँ हायेकेगु (प्रसाद) वितरण कार्यले समेत पुर्णता पाउने भएको छ ।
यस कार्य सम्पन्न गर्न बाघभैरव मुर्ति जिर्णाद्वार समितिका अध्यक्ष शुद्वरत्न महर्जन, रामप्रसाद महर्जन, रत्नकुमार महर्जन, शिव महर्जन लगायत सम्पूर्ण चन्दा दाताहरूकाे अहम् भूमिका रहेको थियो । स्थानीय जनसहभागिता, भक्तजनहरुले दिएकाे चन्दा संकलन गरेर हाथ्वं द्यः स्थापना सम्पन्न भएकोमा सांस्कृतिक पुनः जागरण हुने देखिएकाे छ ।
यसका साथै हाथ्वं भैरव स्थापनार्थ भएकाे आय व्यय तथा खर्च विवरण र थप बाँकी रहेकाे कार्य सम्पन्न गर्नका लागि गुँदेय् दापाः खलःले हिसाब सार्वजनिक गरेको छ । कीर्तिपुरका आराध्यदेव बाघभैरवकाे जात्रा प्रत्येक बर्ष भाद्र १ गते दिन लागि ८४ पाथी चामल को थ्वं र समजबजि प्रसाद वितरण का लागि अक्षय काेष रु १५,००,०००/- काे व्यवस्था गर्ने जानकारी गराइएकाे छ ।
आम्दानी -खर्च विवरण यस प्रकार छ।
आम्दानी
हाथ्वं भैरवकाे मुर्ति बनाउन नगद चन्दा संकलन अक्षरेपि रुपैयाँ एक्काइस लाख बयालिश हजार चार सय त्रिचालिश २१,४२,४४३/-
ब्याज १९ हजार २३ (रू. १९,०२३।४२)
हाथ्व भैरव बनाइएकाे मुर्तिमा चढाइएकाे अक्षरेपी रू. चाैबिश हजार छयानब्बे रू. २४,०९६/-
साे हाथ्व भैरव बनाउनका लागि थप भाडा कुडा (भाडाकुडा) संकलन बाट अक्षरेपी रुपैयाँ दुइ लाख २८ हजार ४ सय (रू. २,२८,५००/-।) ,
देवता बनाएकाे लिनका लागि प्रतिे व्यक्तिबाट चार सय (रू. ४००/-)गरि
जम्मा चाैबिश लाख बयानम्बे हजार एक ६१ सय २४,४२,०६१।४२
खर्च
देवता ढालिएकाे अक्षरेपी पाँच लाख अस्सी हजार, आठसय छयासी ५,८०,८४६/-
थप तामा अक्षरेपी अठहत्तर हजार ७८,०००/-
बुट्टा कुदने कार्य अक्षरेपी पाँच लाख पचँहतर हजार ५,७५,०००/-
हाथ्वं भैरवकाे गरगहना अक्षरेपी पाँच लाख ५,००,०००/-
लिसं व पत्ती थप अक्षरेपी एक लाख १,००,०००/-
ढुवानी र रंगराेगन कार्यका लागि अक्षरेपी सत्चालिश हजार पञ्चानब्बे रू. ४७,०९५/-
काठकाे कार्य पेश्की अक्षरेपी एक लाख रू. १,००,०००/-
भैरव बहान खिचा (ढलोटको कुकुर ) बनाउन पेश्की अक्षरेपी पचाँस हजार ५०,०००/-
बैंक माैज्दात दुई लाख पचासी हजार नाैसय पैंतालिस रुपैयाँ बयालिस पैसा रु २,८५,९४५/४२
नगद माैज्दात चाैबिश हजार पञ्चानब्बे रू. २४,०९५/-
यसरी जम्मा रकम चाैबिश लाख बयानम्बे हजार एकसाठ्ठी रुपैयाँ/बयालिश पैसा २४,४२,०६१/४२/-
यस विलुप्त भई सकेकाे हाथ्वं (हाथु) भैरवकाे नयाँ मूति बनाउने कार्य पूर्णता पाउनका लागि अहिले बाँकी कार्यहरू यस प्रकार रहेकाे छः
हाथु भैरवकोे गहना सुन लेपन गर्नका लागि सुन ४ ताेला ।
झ्याल बनाएर देवता राख्ने काम
द्वार पालकाे रूपमा खिचा (कुकुर) बनाउनका लागि चाहिने बाँकी एक लाख रू. १,००,०००/-
संकलन गरिएका भाडाकुडा ९३०किलो.८६ ग्राम
यस पुण्य कार्यमा सहयाेग चाहनु हुने भक्तजनहरूले गुँदे दापा खलःका रत्न कुमार (९८४१५५११४१), शुद्ध रत्न (९८४१४७९२४४), रामप्रसाद (९८४९५५५३३९) सित सम्पर्क गरेर थप जानकारी लिन सकिनेछ ।





