देश

    प्रतिनिधिसभा बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८३ असार २५ | बिहान ०७:०३ बजे

      काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्नेछिन् ।

      ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/२०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् । बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई प्रस्तुत गर्ने कार्यसूची छ ।

      “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

        कमेन्टहरु