देश

    कसैले बिश्लेषण गरेर हुँदैन हामी जसपा भन्दा स्ट्रोङ्ग छौं : अध्यक्ष ठाकुर

    जगत ठाडा मगर
    २०७८ भदौ १६ | मध्यान्ह ०६:०५ बजे

      जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव नेतृत्वको जसपा भन्दा आफ्नो पार्टी मजबुत रहेको दावी गरेका छन् ।

      आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले यस्तो दावी गरेका हुन् । ठाकुरले भने,`हाम्रो बारेमा कसैले बिश्लेषण गरेर हुँदैन, हामी जसपा भन्दा स्ट्रोङ्ग छौं´।

      तत्कालिन राजपा नेपालबाट निर्वाचित अधिकांश जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जसपामै रहेको समयमा लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी र राजेन्द्र महतोको जनकपुर
      आगमनलाई महत्वका साथ नियालिएको छ ।

      जसपा विभाजन पश्चात नयाँ दल रोज्नका लागि जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गरिरहेको अवस्थामा लोसपाका केन्द्रिय नेताहरू जनकपुर आएका हुन् ।

        कमेन्टहरु