घटना

    दाङमा करेन्ट लागेर वडा सचिवको मृत्यु

    नवलपुर टुडे
    २०८३ असार २३ | बिहान ०६:०३ बजे

      दाङ । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार ४० वर्षीय यादवले आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए ।

      उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

        कमेन्टहरु