शिक्षा

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न

    नवलपुर टुडे
    २०८३ असार १९ | मध्यान्ह ०८:०३ बजे

      राजेन्द्र सिंह

      पर्सा, असार १९ । नेपाल भोजपुरी समाजले वीरगञ्जको चिल्ड्रेन मा बिमा भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न गरेको छ ।

      समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ७का सुशान्त मण्डल मौलिक गीतिकलामा प्रथम एवम् कक्षा ८ की स्नेहा साह बक्तृत्वकला प्रथम भएको कार्यक्रमका निर्णायक स्थानिय कलाकार अजमतअलि अंसारीले जानकारी दिनु भयो ।

      यसै बिच, भोजपुरी शब्दकला बिषयक रोमाञ्चक प्रतियोगीतामा अधिकांश विद्यार्थी सहभागी भएको नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्रले बताए ।

      उक्त प्रतीयोगीता चिल्ड्रे नमाबिका संचालक तथा प्र.अ.सुमन दास एवम् सिम्रन दासको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षिका रोसनी साह, मुस्कान अग्रवाल तथा शिक्षक नरेन्द्र चौरसियाले सहयोग गरेका थिए ।

      नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी तथा अजमतअलि अंसारीको गीति प्रस्तुतीले विद्यार्थीहरु निकै उत्साहित भएका थिए ।

        कमेन्टहरु