समाचार

    ठगीको अभियोगमा एक जना पक्राउ

    रासस
    २०८३ असार १९ | मध्यान्ह ०२:०३ बजे

      काठमाडौँ ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक सञ्जयकुमार पक्राउ परेका छन् ।

      अभियुक्त एक जना बेरोजगारबाट रु नौ लाख ८० हजार लिएर सम्पर्कविहीन भएका थिए । निजविरुद्ध पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१६ बाट गत बुधबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

        कमेन्टहरु