खेलकुद

    फिफा विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    नवलपुर टुडे
    २०८३ असार १७ | बिहान ०६:०३ बजे

      काठमाडौँ, असार १७ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ ।

      अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गयो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ ।

      अन्तिम–३२ को खेलअन्तर्गत आज राति २ः४५ बजे फ्रान्स र स्विडेनबीच खेल हुँदैछ भने बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोर भिड्दैछन् ।

        कमेन्टहरु